FAQs Complain Problems

२०७९।०८०

खत्याड गाउँपालिकाको संक्षिप्त परिेचय

वि.स.२०७३ साल फाल्गुन २७ गते संघिय संरचना निर्धारण भएको मिति अनुसार खत्याड गाउँपालिकाको गठन भएको हो । यस गाउँपालिकामा पहिलेका साविक ह्याङलु,कोटडाँडा, सुकाढिक, गम्था, खमाले, सेरी,श्रीकोट समेत ७ गा.वि.स. गाभेर यो  गाउँपालिकाको निमार्ण भएको हो । यस गाउँपालिकाको क्षेत्रफल २८१.१२ वर्ग कि.मी रहेको, यहाँ ११ वडा ५७ टोल रहेका र क्षेत्री, ठकुरी, ब्रामाण, दलित, गिरि, वन, खत्री, ढोली, ‍‍‍विटालु, चदारा, जस्तै विविध जातजातीको बसोबास रहेको र हिन्दु धर्म मान्नने अधिकांश बासीन्दा रहेका छन् । खत्याड गाउँपालिकामा जम्मा ३१४० घरधुरी छन् भने २०६८ को गणना अनुसार १७११६ जनसंख्या रहेको छ।  खत्याड गाउँपालिकाको पूर्वमा छायाँनाथ रारा न.पा. पश्चिममा बाजुरा जिल्ला उत्तरमा सोरु गाउँपालिका दक्षिणमा जुम्ला र कालीकोट जिल्ला रहेका छन् भने यस गाउँपािलकामा जम्मा ११ वडाहरू रहेका छन् । जसमा 

१ नं. वडा कार्यालय मसाने ,२ नं. वडा कार्यालय जाम, ३ नं. वडा कार्यालय रानाकोट, ४ नं. वडा कार्यालय माझचौर , ५ नं. वडा कार्यालय खमाले, ६ नं. वडा कार्यालय लाम्रु, ७ नं. वडा कार्यालय गम्था, ८ नं. वडा कार्यालय आम, ९ नं. वडा कार्यालय नखर्जि, १० नं. वडा कार्यालय ह्ययाङग्लु, ११ नं. वडा कार्यालय रातापानि

शोक वक्तब्य

दस्तावेज: 

नाम / भत्ता कार्ड नविकरण सम्बन्धी अत्यन्त जरूरी सूचना ।।।